प्रतिनिधि सभा निर्वाचनः आजदेखि समानुपातिकको बन्द सूची पेस गर्ने कार्यक्रम सुरु

काठमाडौं, १३ पुस ।  आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि आजदेखि समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने समय सुरु भएको छ ।निर्वाचनका लागि दर्ता भएका दलहरुले तोकिएको समयमा उम्मेदवारको बन्द सूची पेस गरिसक्नु पर्नेछ ।

निर्वाचन आयोगका अनुसार बन्द सूची पेस गर्ने समय सोमबार राति १२ बजेसम्मका लागि तोकिएको छ ।बन्द सूची पेस गर्ने कार्यक्रम सुरु भएपछि नेपाल मजदुर किसान पार्टीको टोली बिहानै निर्वाचन आयोग पुगिसकेको छ ।अन्य दलहरु पनि बन्द सूचीलाई अन्ति रुप दिने तयारीमा छन् ।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार  ०९ : १८  बजे