रौतहटको मदिरा उद्योगमा विस्फोट हुँदा १ जनाको मृत्यु, ६ जना घाइते

रौतहट, १२ पुस । रौतहटमा रहेको एक मदिरा उत्पादन गर्ने उद्योगमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।कटहरीया नगरपालिका-९ मा रहेको ज्योती डिस्टीलरी उद्योगमा आज बिहान बोइलर विस्फोट भएको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक ९एसपी० रविन कार्कीका अनुसार विष्फोटमा लक्ष्मण राय यादवको घटनास्थलमै मृत्यु भएको छ भने बिगन राय, बलिराम राय, रहमत मिया, कैलाश माली र प्रेमजित राय, र जगदिश राय घाइते भएका छन्।बिहान अचानक ठूलो आवाज सहित डिस्टीलरीको बोइलर विष्फोट भएको थियो । घटनामा गम्भीर घाइतेहरुलाई उपचारका लागि वीरगञ्ज लैजाने तयारी भइरहेको एसपी कार्कीले बताउनुभयो। विष्फोटबारे अनुसन्धान भइरहेको र प्रहरी टोली घटनास्थलमै रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार  ११ : १३  बजे