मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

चितवन, ११ पुस ।  मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–१ गर्दी का २० वर्षीय तृशल महतो छन् ।जिला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनाालका अनुसार भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा प्र ०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आज बिहान रत्ननगर नगरपालिका–९ टिकौली जंगल नजिक दुर्घटना भएको हो ।

दुर्घटना हुँदा मोटरसाइकल चालक तृशल महतो र मोटरसाइकलमा सवार १९ वर्षीय अंकित महतो घाइते भएका थिए । घाइते तृशलको उपचारका क्रममा सेन्ट्रल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । अर्का घाइते अंकितको सोही अस्पतालमा उपचार भइरहेको छ । रासस

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार  १० : ०१  बजे