काठमाडौं, ९ पुस । तीन दिनदेखि काठमाडौंको माइतीघर मण्डलामा जेनजी अगुवा मिराज ढुंगाना नेतृत्वमा संयुक्त जेनजी आन्दोलन जारी छ । जेनजीको भावनाअनुरूप सरकारले काम गर्न नसकेको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग गरिएको छ ।
जेनजी अगुवा हरिश भट्टका अनुसार, प्रशासनको अनुमति नदिएपछि दैनिक प्रहरीले हटाउन खोजिरहेको छ । “हाम्रो आन्दोलन जारी छ । प्रशासनले अनुमति दिएन । दुई दिन प्रहरीले आन्दोलनमाथि दमन गरेको छ । जेनजीका मागहरु पूरा नभएसम्म आन्दोलन जारी रहन्छ,” भट्टले भन्नुभयो ।संविधान पुनर्लेखनसँगै सर्वपक्षीय सरकार गठन गरी देशलाई निकास दिनुपर्ने माग जेनजीहरूको छ । पहिलो दिन सोमबार (पुस ७) प्रहरीले दुई दर्जनभन्दा बढी जेनजीलाई नियन्त्रणमा लिएको थियो । त्यसपछि मंगलबार (पुस ८) बिहान प्रहरीलाई फूल दिएर सुरु भएको प्रदर्शनमा दिउँसो प्रहरीले लाठीचार्ज गरेको थियो ।









प्रतिक्रिया