काठमाडौं, ८ पुस । नेकपा एमालेले राजनीति दल र नेताहरूलाई निषेध गरेर निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको छ। मंगलबार पार्टी कार्यालय च्यासलमा सरकारद्वारा गठित उच्चस्तरीय राजनीतिक सम्वाद समितिसँगको छलफलका क्रममा एमालेले नेताहरूलाई स्थान हद तोक्ने र राजनीतिक गतिविधिमा अवरोध गर्ने कार्यले निर्वाचनको वातावरण बन्न नसक्ने स्पष्ट पारेको हो।
छलफलपछि एमाले उपमहासचिव रघुवीर महासेठले आफूहरू निर्वाचनको विरोधी नभएको तर सरकारले नै निर्वाचनको उचित वातावरण बनाउन नसकेको जानकारी गराएको बताउनुभयो। एमालेलाई निर्वाचनमा सहभागी गराउन नचाहेकै कारण सरकारले एमाले अध्यक्षलाई स्थानहद तोकिएको उहाँले बताउनुभयो।उहाँले पार्टी अध्यक्षलाई स्थानहद तोकिएको अवस्थामा एमाले निर्वाचन जान नसक्ने स्पष्ट पार्नुभयो। महासेठले चुनावी वातावरण बनाउने काम एमालेको नभइ सरकारको भएकाले स्थानहद तोक्ने निर्णय हटाउन सुझाव दिएको जानकारी दिनुभयो।









प्रतिक्रिया