काठमाडौं, ७ पुस । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रिय मानव अधिकार आयोग समक्ष बयान दिनुभएको छ। आयुक्त लिली थापाको संयोजकत्वमा समिति बनाएर आयोगले भदौ २३ र २४ गतेको घटनाबारे अनुसन्धान गरिरहेको छ। अनुसन्धानको क्रममा शाहलाई आयोगमै बोलाएर सोधपुछ गरिएको एक अधिकारीले जानकारी दिनुभयो । भदौ २३ र २४ गतेको आन्दोलन गराउन र विध्वंस मच्चाउन शाहको समेत भूमिका रहेको दाबी गरिँदै आइएको छ।
उहाँले सामाजिक सञ्जालमार्फत युवाहरुलाई भड्काउने काम गरेको आरोप छ। त्यस्तै राज्यका संवेदनशील ठाउँमा आगलागी हुँदा पनि समयमै दमकल नपठाएको विषयमा पनि आयोगले चासो राखेको स्रोतले बतायो। आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलले घटनाबारे विभिन्न व्यक्तिहरुलाई भेटेर सोधपुछ गर्ने काम भइहरेको जानकारी दिनुभयो ।









प्रतिक्रिया