काठमाडौं, ७ पुस । प्रधानमन्त्री सुशीला कार्कीसँग दलहरूको छलफल भइरहेको कार्यक्रममा एमालेका सचिव महेश बस्नेतले सरकार आगामी फागुन २१ मा चुनाव गर्न गम्भीर नरहेको बताउनुभएको छ । उहाँले भदौ २४ को घटनामा भएका क्षतिबारे सरकारले के गर्ने योजना बनाएको छ भनेर प्रश्न पनि गर्नुभएको छ । प्रधानमन्त्री कार्कीले निर्वाचनका सम्बन्धमा छलफल गर्न राजनीतिक दलसँगै निर्वाचन आयोग, नागरिक समाज र सुरक्षा निकायसँगको बैठक सोमबार बोलाउनुभएको थियो ।
उहाँले आफू पनि जेनजी प्रदर्शनका क्रममा भएको क्षतिबाट पीडित भएको उल्लेख गर्दै प्रधानमन्त्री कार्कीसँग सोध्नुभयो– ‘मेरो घर आगजनी भएर म अहिले भाडाको घरमा बसिरहेको छु । राज्यका सम्पत्ति र मेरो घर जलेको छ । मेरो जलेको घर हेर्दै मैले घरदैलोमा जाने हो ?’ उहाँले शान्ति सुरक्षाको अवस्थाका कारण पनि चुनावको वातावरण नरहेको जिकिर गर्नुभयो। नेताहरूमाथि स्थानहद लगाएर भयरहित निर्वाचन नहुने पनि उहाँको धारणा थियो। सचिव बस्नेतले जेनजी प्रदर्शनका क्रममा लुटेका हतियार कति छन् र जेलबाट भागेका कैदी के गर्दैछन् ? कता छन् ? भन्दै गृहमन्त्री ओमप्रकाश अर्यालसँग प्रश्न गनुभयो।









प्रतिक्रिया