काठमाडौँ, ७ पुस । बङ्गलादेशको म्यामनसिंह जिल्लामा भ्रमपूर्ण आरोपमा एक हिन्दु युवकको कुटपिट गरी हत्या गरेर शव जलाएको घटनाविरुद्ध जनकपुरधाममा युवाहरूले विरोध प्रदर्शन गरेका छन् ।प्रदर्शनकारीहरूले घटनामा संलग्नहरूलाई कडा कारबाहीको माग गर्दै बंगलादेश सरकारको प्रतिकात्मक पुत्ला जलाएको छ । प्रदर्शनमा सहभागी युवाहरुले बंगलादेश सरकारविरुद्ध नारावाजी गर्दै पुत्ला जलाएका थिए ।युवाहरुले मुस्लिम आयोग नेपालमा खारेज गरिनुपर्ने माग समेत गरेका थिए । युवाहरूले बङ्गलादेशमा अल्पसङ्ख्यक हिन्दुहरू असुरक्षित रहेको र निर्मम हत्या हुँदा पनि सरकारले अपराधीहरूमाथि कारबाही नगरेको आरोप लगाएका छन् । कारबाही नभए ठूलो आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
21
Shares









प्रतिक्रिया