यस वर्ष दशैंको टीकाको साइत बिहान १०:२६ बजे

काठमाडौं, २० असोज । यस वर्षको विजया दशमी अर्थात् दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले मंगलबार साँझ सूचना जारी गर्दै कात्तिक ४ गते परेको विजया दशमीको टीकाको उत्तम साइत बिहान १०:२६ बजे रहेको जानकारी दिएको हो।

समितिका अनुसार टीका लगाइमाग्ने व्यक्ति पश्चिम मोहडा फर्किनुपर्नेछ।

यसैगरी, असोज २५ गते घटस्थापनाको शुभ साइत बिहान ११ बजेर ४७ मिनेटमा रहेको समितिले जनाएको छ।

दशैंमा टीका तथा जमरा ग्रहण गर्न शुभ साइतलाई विशेष महत्व दिइने भएकाले समितिले प्रत्येक वर्ष टीकाको उत्तम साइत सार्वजनिक गर्दै आएको छ।

प्रकाशित मिति: २० आश्विन २०८३, मंगलबार  २१ : ३६  बजे