काठमाडौं, १९ असोज । गृहमन्त्री सुधन गुरुङो पहिलो विदेश भ्रमण भारत हुने भएको छ । उहाँ असोज २६ गते भारतको नयाँदिल्ली जानुहुने भएको छ ।
गृह मन्त्रालय र नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उहाँ बिमस्टेक सदस्य राष्ट्रका गृहमन्त्रीहरूको पहिलो बैठकमा सहभागी हुनुहुनेछ । गृहमन्त्री नियुक्त भएपछि गुरुङको यो पहिलो विदेश भ्रमण हुनेछ । भ्रमणको क्रममा उनको भेट भारतका गृहमन्त्री अमित शाहसँग असोज २७ गते तय भएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह बालेनको भारत भ्रमणको तयारी चलिरहेका बेला गृहमन्त्री गुरुङ भारत जान लाग्नुभएको हो । प्रधानमन्त्री बालेन आगामी मंसिर ६ र ७ गते भारत भ्रमणमा जानुहुने भएको हो ।











प्रतिक्रिया