काठमाडौं, १२ साउन । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा निधन भएको छ।
जावलाखेलस्थित हेलिअस अस्पतालमा उपचारका क्रममा मंगलबार उहाँको निधन भएको हो। गण्डकी प्रदेशका पूर्वमन्त्री मेखलाल श्रेष्ठले सामाजिक सञ्जालमार्फत उहाँको निधनको पुष्टि गर्नुभएको छ।
पूर्वमन्त्री मेखलाल श्रेष्ठका अनुसार स्वर्गीय श्रेष्ठको पार्थिव शरीर बुधबार बिहान ८ बजेदेखि ११ बजेसम्म नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम रहेको छ।
नेपाली कांग्रेसका सभापति गगन थापाले यही साउन ७ गते उहाँलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्नुभएको थियो। उहाँको निधनसँगै नेपाली कांग्रेसले एक अनुभवी र प्रभावशाली नेतालाई गुमाएको छ।







प्रतिक्रिया