काठमाडौं, १२ साउन । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आफूले केवल एक जना अवैतनिक राजस्व सल्लाहकार मात्रै राखेको बताउनुभएको छ।
अर्थ मन्त्रालयमा आयोजित वार्षिक राजस्व समीक्षा बैठकलाई सम्बोधन गर्दै उहाँले प्रधानमन्त्री कार्यालय र ऊर्जा मन्त्रालयमा धेरै सल्लाहकार रहेको प्रसंग उल्लेख गर्दै आफ्नो मन्त्रालयमा भने एउटा मात्रै सल्लाहकार रहेको जानकारी दिनुभयो।
उहाँले प्रधानमन्त्री कार्यालयमा २७ जना र ऊर्जा मन्त्रालयमा २० जना सल्लाहकार रहेको चर्चा गर्दै आफूले राजस्व व्यवस्थापनलाई प्राथमिकता दिएकै कारण एक जना अवैतनिक राजस्व सल्लाहकार मात्रै नियुक्त गरेको बताउनुभयो।
प्रधानमन्त्री कार्यालयमा सल्लाहकारको संख्या बढेको विषयमा सार्वजनिक बहस भइरहेका बेला अर्थमन्त्री वाग्लेको उक्त अभिव्यक्ति आएको हो। पछिल्लो समय प्रधानमन्त्री बालेन शाह र अर्थमन्त्री वाग्लेबीच सम्बन्ध चिसिएको चर्चा चलिरहेका बेला उहाँको यो टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।







प्रतिक्रिया