संघीय संसद मातहतका ३ संसदीय समितिको बैठक आज बस्दै

काठमाडौं, ११ साउन । संघीय संसद् मातहतका ३ वटा संसदीय समितिको बैठक सोमबार बस्दैछ ।

संघीय संसद् सचिवालयले सोमबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । सोमबार बिहान ११ बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बस्ने भएको हो । बैठकमा समतिकिो आर्थकि वर्ष २०८३र८४ को वार्षकि कार्ययोजना सम्बन्धमा विस्तृत छलफल हुने सचिवालयले जनाएको छ।

त्यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक सोमबार बिहान साढे ११ बजे बस्ने भएको छ। बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूसँग छलफल गर्ने कार्यक्रम तय गरिएको सचिवालयले जनाएको हो ।

त्यसैगरी शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक सोमबार दिउँसो २ बजे बस्ने भएको छ। बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाका बारेमा छलफल हुने कार्यक्रम रहेको सचिवालयले जनाएको हो ।

प्रकाशित मिति: ११ श्रावण २०८३, सोमबार  ०७ : ३७  बजे