काठमाडौं,२ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको घर र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा हानेको छ ।
मंगलबार निजी निवास र हिमालयन रि–इन्स्योरेन्सको कार्यालयमा छापा हानेको स्रोतको भनाइ छ । छापा हानेर अनुसन्धानका लागि आवश्यक कागजात लिएको विभागका एक कर्मचारीले जानकारी दिनुभएको छ ।
सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका दीपक र सुलभ हाल हिरासतमै रहेका छन् ।दीपक भट्ट निजी क्षेत्रको रिइन्स्योरेन्स कम्पनी हिमालयन रिइन्स्योरेन्स कम्पनीका ठूला शेयरधनीमध्ये हुनुहुन्छ ।








प्रतिक्रिया