बगराम एअरबेस फिर्ता नदिए अफगानिस्तानले गम्भीर परिणाम भोग्ने ट्रम्पको धम्की

काठमाडौं, ५ असोज ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानले बगराम एअरबेस फिर्ता नदिए गम्भीर परिणाम भोग्ने धम्की दिनुभएको छ । ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मार्फत यदि अफगानिस्तानले बगराम एअरबेस उसको निर्माता अमेरिकालाई फिर्ता नदिए गम्भीर परिणाम भोग्ने बताउनुभएको हो । अमेरिकी राष्ट्रपतिले यसअघि पनि बगराम एअरबेस फिर्ता लिने इच्छा व्यक्त गरिसक्नुभएको छ…