काठमाडौं, भदौ १७। प्रधानमन्त्री केपी शर्मा ओली आज चीनको राजधानी बेइजिङ जाँदै हुनुहुन्छ। चीनको थियानजिन सहरमा सम्पन्न ‘साङ्घाइ सहयोग संगठन (एससिओ) प्लस’ शिखर सम्मेलन सकिए लगत्तै उहाँ बेइजिङ प्रस्थान गर्ने कार्यक्रम तय भएको हो। बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका उपराष्ट्रपति हान चङ्गसँग औपचारिक भेटवार्ता गर्नुहुनेछ। त्यस अवसरमा दुई देशबीच पारस्परिक हितका विषयमा छलफल हुने अपेक्षा…