अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– खतरा देखियो, तुरुन्त भेनेजुएला छाड्नू

काठमाडौं, २७ पुस  । भेनेजुएलामा सशस्त्र अर्धसैनिक बलले अमेरिकी नागरिकलाई पक्रन खोजिरहेको भन्दै अमेरिकाको विदेश मन्त्रालयले उनीहरूलाई तत्काल त्यहाँबाट बाहिरिन सुझाव दिएको हो। द गार्जियनका अनुसार शनिबार जारी सूचनामा भनिएको छ, ‘कोलेक्टिभो भनेर चिनिने सरकार समर्थक मिलिसियाका सशस्त्र सदस्यहरूले सडकमा अवरोध गरेर सवारीसाधन खानतलासी गरिरहेको सूचना आएको छ, ताकि त्यसमा अमेरिकी नागरिक वा अमेरिकाका समर्थक…