जेनेभा, २३ पुस । मानव अधिकारका लागि उच्चायुक्तको कार्यालय (ओएचसिएचआर) ले भेनेजुएलामा बढ्दो तनावपूर्ण स्थितिको बारेमा चिन्ता व्यक्त गरेको छ, । अमेरिकाले हालै गरेको सैन्य अपरेसनको परिणाम स्वरूप भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उहाँकी श्रीमतीलाई गिरफ्तारी देश निकाला गरिएको छ । संयुक्त राष्ट्रसङ्घका उच्चायुक्त भोल्कर टर्कका प्रवक्ता रविना शामदासानीले पत्रकार सम्मेलनमा सैन्य कारबाहीले अन्तर्राष्ट्रिय कानुनका…