ढाका, १८ असार । बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको अभियोगमा आज दोषी ठहर गर्दै ६ महिनाको जेल सजाय सुनाइएको छ । सन् २०२४ को अगष्टमा विद्यार्थी नेतृत्वको विद्रोहको उत्कर्षमा ७७ वर्षीया हसिना छिमेकी मुलुक भारत पलायन हुनुभएको थियो । उहाँले ढाका फर्कन दिइएको अदालतको आदेशको अवज्ञा गर्नुभएको थियो । अदालतको फैसलापछि मुख्य अभियोजक…