परपुरुषसँग मिलेर श्रीमानको हत्या

कञ्चनपुर, ६ साउन । कञ्चनपुरस्थित मोटरघाट सडक छेउमा मृत फेला पर्नुभएका रामरेशर रानाको हत्या गरिएको खुलेको छ । लालझाँडी गाउँपालिका–४ सिगलपट्टीका ४९ वर्षीय राना वैशाख १७ गते बिहान ६ बजे मोटरघाट सडक छेउमा मृत अवस्थामा फेला पर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार श्रीमती माया चौधरीले परपुरुषसँगको मिलेमतोमा रानाको हत्या गरेको अनुसन्धानबाट खुलेको हो…