प्रतिनिधिसभा बैठक: कार्यसूचीमा नागरिकतादेखि जलस्रोत विधेयकसम्म

काठमाडौं, १८ भदौ ।  प्रतिनिधिसभाको बैठक आज बस्दै छ ।दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा गृहमन्त्री रमेश लेखकले ‘नेपाल नागरिकता ९दोस्रो संशोधन० विधेयक, २०८१, २०८१ माथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।यस्तै, प्रतिनिधिसभाका सचिव हर्कराज राईले ‘जलस्रोत विधेयक’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल गर्नुहुने छ…