संसद् विघटनकाे नेपाली कांग्रेसद्वारा विराेध : संविधानलाई टेकेरै समाधान सम्भव थियो

काठमाडौं, भदौ २८ । नेपाली कांग्रेसले हालै गरिएको प्रतिनिधि सभा विघटनको निर्णयप्रति आपत्ति जनाएको छ। उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकमा सातै प्रदेश सभापति, मुख्यमन्त्री र प्रदेश संसदीय दलका नेताहरू सहभागी भएका थिए। बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै संसद् विघटन असंवैधानिक र लोकतान्त्रिक प्रक्रियाविपरीत भएको निष्कर्ष कांग्रेसले निकालेको जनाउनुभएकाे छ । विज्ञप्तिमा…