अर्थमन्त्री खनालसँग नेपालका लागि कोरियाका राजदूतको शिष्टाचार भेट

काठमाडौँ, १७ कात्तिक । अर्थमन्त्री रामेश्वरप्रसाद खनालसँग नेपालका लागि कोरिया गणतन्त्रका राजदूत पार्क ते यङले शिष्टाचार भेट गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज भएको उक्त भेटमा अर्थमन्त्री खनालले कोरिया र नेपालबीच रहेको दुईपक्षीय कूटनीतिक सम्बन्धको चर्चा गर्दै कोरिया सरकारले प्रदान गर्दै आएको निरन्तर सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । साथै कोरियाको सहयोगमा सञ्चालन भएका आयोजना…