काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दलहरू सुसङ्गठित भएर अघि बढ्नुपर्ने बताएकी छन् । प्रतिलिपि नागरिकता लिन मङ्गलबार जिल्ला प्रशासन कार्यालय काठमाडौँ पुगेकी उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै यस्तो बताएकी हुन् । उनले राजनीतिक दलहरू टुट्नु फुट्नु राम्रो नभएको बताइन् । पार्टीभित्रका मतभेदहरू भए अन्तरसंघर्षबाटै समाधान गरेर अघि बढ्नुपर्नेमा उनले जोड दिइन् । राष्ट्रको शान्तिका लागि…