सरकार परिवर्तन कसैले चलाएको हल्ला मात्र हो : परराष्ट्रमन्त्री डा राणा

काठमाडौं, १२ वैशाख । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले सरकार परिवर्तनको कुरा कसैले चलाएको हल्ला मात्र भएको बताउनुभएको छ । थाइल्याण्डको बैङ्ककमा आयोजित संयुक्त राष्ट्रसङ्घीय एक कार्यक्रममा सहभागी भएर आज स्वदेश फर्किएपछि विमानस्थलमा पत्रकारहरुसँग उहाँले भन्नुभयो,‘अहिले सरकार परिवर्तनको कुनै सम्भावना छैन, यो कसैले चलाएको हल्ला हुनसक्छ ।’ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैङ्कक गएपछि नेपालमा…