बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कुनै पनि बहानामा राज्यलाई कमजोर पार्ने गतिविधि अस्वीकार्य हुने बताएका छन्। नेकपा (एमाले) मालारानी गाउँपालिका कमिटीको सचिवालय बैठकलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले जेन–जेड आन्दोलनका क्रममा भएको घुसपैठ र अराजकताले राज्यलाई कमजोर पार्ने प्रयास भएको उल्लेख गरे। उनका अनुसार मुलुकको राष्ट्रियता, स्वाभिमान र सार्वभौमसत्तालाई कमजोर पार्ने कुनै पनि…