आगो लगाउनेलाई कारबाही भएन, जोगाउनेलाई थुनियो : कांग्रेस प्रवक्ता महत

काठमाडौं, १६ पुस । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले आफ्नो घरमा आगो लगाउनेलाई छाडेर जोगाउन जानेलाई कारबाही गरिएको भन्दै असन्तुष्टि पोख्नुभएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको शान्ति, स्थायित्व र समृद्विका लागि सहकार्य विषयक सर्वपक्षीय संवादमा पूर्व अर्थमन्त्री डा. महतले भदौ २४ को घटनालाई अपराधका रुपमा हेर्नु पर्ने बताउनुभयो । महतले…