काठमाडौं, ३ फागुन । पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बङ्गलादेशमा आगजनी र ध्वंस मच्चाउने शक्तिहरू निर्वाचनमा पराजित भएको उदाहरण दिँदै नेपालमा पनि जनताले यस्ता प्रवृत्तिको हिसाब राखेर बसेको बताउनुभएको छ । रुकुम पूर्वको चुनबाङमा शनिबार अपराह्न आयोजित जनभेटघाट तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्डले प्रतिनिधिसभा निर्वाचनमा देश जलाउने, भ्रष्टाचार र कुशासन चलाउने तथा…