ममदानीको चुनावी अभियान नेपालका जेनजीहरूका लागि उपयोगी सन्दर्भ हुनसक्छ : बाबुराम भट्टराई

काठमाडौँ। पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले अमेरिकाको सबैभन्दा ठूलो सहर न्युयोर्कको मेयरमा निर्वाचित लोकतान्त्रिक समाजवादी विचारका युवा जोहरान ममदानीको चुनावी अभियानलाई नेपालका जेनजी युवा र नयाँ तथा वैकल्पिक राजनीतिक शक्तिहरूका लागि महत्त्वपूर्ण सन्दर्भ सामग्रीको रूपमा लिनुपर्ने बताएका छन्। डा.भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै ममदानीको विजयलाई वैचारिक र राजनीतिक मुद्दाको जीतको रूपमा व्याख्या गरेका छन्।…