३३ किलो सुन काण्डसँग जोडिएकी नितिमा भण्डारी कार्की रास्वपाबाट उम्मेदवार बनेपछि सर्लाहीमा खैलाबैला

काठमाडौं, १४ फागुन । ‘सुशासन’ र ‘नयाँ राजनीति’को नारा अघि सार्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सर्लाही निर्वाचन क्षेत्र नम्बर १ बाट नितिमा भण्डारी कार्कीलाई उम्मेदवार बनाएपछि राजनीतिक वृत्तमा बहस चर्किएको छ ।विवादित साढे ३३ किलो सुन तस्करी प्रकरणसँग नाम जोडिएका व्यवसायी चेतन भण्डारीकी श्रीमतीलाई उम्मेदवार बनाइएको विषयले पार्टीभित्रै तरंग उत्पन्न गरेको स्रोतहरूले बताएका…