शान्तिपूर्ण निर्वाचनको वातावरण बनाउनु अहिलेको प्रमुख आवश्यकता : संयोजक दाहाल

काठमाडौँ, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुरक्षित र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने वातावरण निर्माण गर्नु अहिलेको प्रमुख आवश्यकता रहेको बताउनुभएको छ । शुभ दीपावली, नेपाल संवत ११४६ तथा छठका अवसरमा शुभकामना दिँदै उहाँले वर्तमान जटिल राजनीतिक परिस्थितिलाई सहज बनाएर निर्वाचनमा जानुपर्ने उल्लेख…