गुन्डानाइके चक्रे मिलनसहित ४७ जना पक्राउ

काठमाडौं, १६ साउन । गुन्डानाइके चक्रे गुरुङ (चक्रे मिलन) पक्राउ परेका छन् । उनीसहित ४७ जना पक्राउ परेका प्रहरीले जनाएको छ । विभिन्न आपराधिक गतिविधिमा सक्रिया गुरुङसहित ४७ जनालाई काठमाडौ प्रहरी परिसरको टोलीले नियन्त्रणमा लिएको हो ।