कांग्रेसमा सहमति जुटाउन छलफल चल्दै : विशेष महाधिवेशनमा दोस्रो दिनको बन्दसत्र शुरु

काठमाडौं, २९ पुस  । नेपाली कांग्रेसको संस्थापन र विशेष महाधिवेशन पक्षबीच सहमतिका लागि छलफल भइरहेको छ । महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नेतृत्व चयनतर्फ अघि बढेसँगै संस्थापन र विशेष महाधिवेशन पक्ष संवादमा जुटेका छन् । विशेष महाधिवेशन पक्षधरले संस्थापन पक्षसँग वार्ताका लागि प्रदीप पौडेल, गुरुराज घिमिरे, मधु आचार्य र देवराज…