काठमाडौं, १५ माघ । मङ्गलवार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको जनजीवन प्रभावित भएको छ।माथिल्लो मुस्ताङमा यसवर्ष परेको हिउँ तेस्रो पटकको हो। माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा दुई फिट बढी हिउँ परेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ। यसैगरी यहाँको तल्लो मुस्ताङमा वर्षासँगै हिमपात भएको छ। माथिल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड…