इलाम । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानले कोशी प्रदेशमा ठुलो मानवीय क्षति पुर्याएको छ। पछिल्लो दुई दिन (हिजो र आज) गरी १८ जनाको मृत्यु भएको छ, जसमध्ये सबै इलाम जिल्लाका रहेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता दीपक पोखरेलले उक्त जानकारी दिएका हुन् । प्रहरीले दिएको जानकारीअनुसार सूर्योदय नगरपालिका-१, मानेभञ्ज्याङमा ५ जनाको…