काठमाडौं, १८ असार । एएफसी महिला एसियन कप छनोट प्रतियोगिताअन्तर्गत आज नेपाल र श्रीलङ्काबीच स्पर्धा हुँदैछ । उज्वेकिस्तानको तासकेन्दस्थित मिली रङ्गशालामा नेपाली समयानुसार साँझ ६ः१५ मा खेल हुनेछ । समूह ‘एफ’ मा रहेको नेपालले पहिलो खेलमा लाओसलाई ९–० गोलन्तरले पराजित गरेको छ । श्रीलङ्काले उज्वेकिस्तानसँग १०–० को पराजय व्यहोरेको थियो । हालसम्मका प्रतियोगितामा नेपाल श्रीलङ्कासँग…