काठमाडौं, १९ साउन । प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा भाग लिनका लागि तुर्कमेनिस्तान पुग्नुभएको छ । प्रधानमन्त्री ओली नेतृत्वको टोली स्थानीय समय अनुसार दिउँसो १४ं ३० बजे दुबई अन्तर्राष्ट्रिय विमानस्थल हुँदै तुर्कमेनिस्तानको आवाजा सहर पुग्नुभएको हो । उहाँलाई तुर्कमेनिस्तानबासी अन्तर्राष्ट्रिय विमानस्थलमा तुर्कमेनिस्तान सरकार(मप)का उपाध्यक्ष होजाम्यारात जेल्डिम्यारादोभ, संयुक्त राष्ट्रसंघका…