विश्वास गर्नुस्, चीन भ्रमणमा नेपालको हित र प्रतिष्ठा माथि उठाउँछौं– प्रधानमन्त्री

काठमाडौं, १३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आसन्न चीन भ्रमणका क्रममा आफ्नो प्रतिनिधिमण्डलले नेपालको हित र प्रतिष्ठा माथि उठाउने बचन दिनुभएको छ । शुक्रबार प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले त्यसमा विश्वस्त रहन आग्रह गर्नुभयो । ‘म माननीय ज्युलाई के विश्वास दिलाउन चाहन्छु भने हामीले नेपालको हित र प्रतिष्ठालाई माथि उठाउने गरी मेरो नेतृत्वमा गएको…