सिमलताल घटनाको एक वर्षः अझै पत्तो छैन ३९ यात्रुको अवस्था

चितवन, २८ असार । एक वर्ष पुग्दा पनि सिमलतालबाट त्रिशूलीमा खसेका बसका ३९ जना यात्रु अझै भेटिएका छैनन् ।गत वर्षको असार २८ गते राति एकै ठाउँबाट पहिरोसँगै त्रिशूलीमा खसेका दुई वटा बसका यात्रुमध्ये ३९ जना अझै बेपत्ता छन् ।नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा दुई बसमा ६२ जना यात्रु थिए । तीमध्ये तीन जना बाँच्न सफल भएका थिए…