ढोरपाटनमा दादुरा संक्रमण : नियन्त्रणका लागि पौने ७ हजार बालबालिकालाई खोप लगाइँदै

बागलुङ, २८ फागुन । बागलुङको ढोरपाटन क्षेत्रमा फैलिएको दादुरा संक्रमणलाई थप विस्तार हुन नदिन स्वास्थ्य कार्यालयले वृहत् खोप अभियान सुरु गर्ने भएको छ। ढोरपाटन नगरपालिकाका वडा नं. ७, ८ र ९ मा संक्रमण तीव्र देखिएपछि १० देखि १९ वर्ष उमेर समूहका ६ हजार ७ सय ६३ बालबालिका तथा किशोर(किशोरीलाई खोप लगाउने तयारी गरिएको हो ।…