काठमाडौं, १८ असार । राष्ट्र बैंकले आज ६० अर्ब निक्षेप खिच्दैछ । निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत राष्ट्र बैँकले ६० अर्ब निक्षेप खिच्न लागेको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि चालु आर्थिक वर्ष २०८१(८२ सुरुवातबाट नै राष्ट्र बैँकले निरन्तर तरलता खिच्दै आएको छ । अहिले कुल निक्षेप ७० खर्ब ५८ अर्ब माथि पुगेको छ ।…