१९औँ वार्षिकोत्सवमा ग्लोबल आइएमई बैंकका १७५ कर्मचारीलाई सम्मान

काठमाडौँ, २४ पुस । आफ्नो १९औँ वार्षिकोत्सवका अवसरमा १५ वर्ष सेवा पूरा गरेका १७५ कर्मचारीलाई ग्लोबल आइएमई बैंकले सम्मान गरेको छ । अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा भएको विशेष कार्यक्रममा कर्मचारीहरूलाई सम्मान गरिएको हो। बैंक सञ्चालक समितिका अध्यक्ष ढकाल लगायत सदस्य राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत…