चीन भ्रमण सम्पन्न गरी प्रधानमन्त्री ओली स्वदेश फिर्ता (फोटो फिचर)

काठमाडौं, १९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको पाँच दिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनु भएको छ । चीनको थियान्जिनमा आयोजना भएको शाङ्हाइ सहयोग संगठन (एससिओ) को २५ औँ शिखर सम्मेलन तथा बेइजिङ्मा भएको कार्यक्रममा सहभागी भएर बुधबार राती स्वदेश फिर्ता हुनुभएको हो ।
प्रधानमन्त्री ओलिलाई त्रिभुवन अन्तर्राष्ट्रीय बिमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, पररष्ट्रमन्त्री डा। आरजु देउवा राणा, मुख्य सचिव एकनारायन अर्याल, सञ्चार मन्त्रालयका सचिव राधिका अर्याल लगायतले स्वागत गर्नुभएको थियो । प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डल भदौ १४ गते चीन प्रस्थान गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमण सम्पन्न गरी बुधबार स्वदेश फर्किने क्रममा बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलमा। जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा भाग लिन उहाँ यही भदौ १४ गते चीन प्रस्थान गर्नुभएको थियो । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

 

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार  ०५ : ५९  बजे