नेपाललाई ‘एससीओ’को पूर्ण सदस्य बनाउन प्रधानमन्त्री ओलीको प्रस्ताव

काठमाडौं, १६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई शाङ्घाई सहयोग संगठन (एससीओ) को पूर्ण सदस्य बनाउन प्रस्ताव गर्नूभएको छ । चीनको तियान्जिनमा आयोजित एससीओको प्लसको बैठकमा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाललाई डाइलग पार्टनरबाट अब सदस्यको रुपमा अपग्रेड गर्न अनुरोध गर्नुभयो ।
उहाँले यसका लागि नेपाल आशावादी रहेको उल्लेख गर्नुभएको छ । नेपाल सन् २०१६ बाट एससीओको डाइलग पार्टनर छ । ‘हामीलाई अहिले अझ एकीकृत, अझ समाहित र लचिलो एससीओको खाँचो छ, ‘प्रधानमन्त्री ओलीले भन्न्ुभयो,’ गहिरिँदै गएका भूराजनीतिक, आर्थिक र पारिस्थितिक संकटहरूलाई सामूहिक रूपमा सामना गर्नुपर्छ । नेपाल सन् २०१६ देखि एससीओको डायलग पार्टनर छ । अब पूरा सदस्यता प्राप्त गर्ने आशा राख्दछ ।’

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  २० : ४५  बजे