मकवानपुर । मकवानपुरको थाहा नगरपालिका–१० टौखेलस्थित गणेशमान सिंह सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबार बिसंखेबाट टौखेलतर्फ आउँदै गरेको बा.प्र.६६ प २३५२ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई तरकारी लोड गर्न रोकिराखिएको ना ७ ख ४२७६ नम्बरको ट्रकमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकल चालक टौखेल बस्ने ३२ वर्षीय अमिर गोपालीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रबार राति भएको दुर्घटनामा गम्भीर घाइते भएका गोपालीको उपचारको क्रममा गएराति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।








प्रतिक्रिया