बेइजिङ, १४ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता फलदायी भएको बताउनुभएको छ । शनिबार थियानजिन अतिथि गृहमा भएको भेटवार्तापछि प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीलाई भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको बताउनुभएको हो ।
भेटवार्तामा दुई राष्ट्रबिचका विभिन्न मुद्दाहरूको प्रगतिबारे समीक्षा गरिएको र द्विपक्षीय सहयोग बढाउन सहमति भएको समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।प्रधानमन्त्री ओलीले एससीओ शिखर सम्मेलनमा आमन्त्रित गरेकोमा राष्ट्रपति सीलाई धन्यवाद समेत दिनुभएको छ। प्रधानमन्त्री आजै आफ्नो औपचारिक भ्रमणका सिलसिलामा चीन पुग्नुभएको हो । उहाँसँग नेपाल सरकारका मन्त्री तथा उच्च अधिकारीहरूको टोलीसमेत रहेको छ ।
18
Shares








प्रतिक्रिया