काठमाडौं, १४ भदौ । सुदूरपश्चिमेलीको मुख्य पर्व गौराअन्तर्गत आज तेस्रो दिन ब्रतालु महिलाले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भितरीकी गौरा अर्थात् ‘ठूली गौरा’ भनिने आजको दिनलाई ब्रतालु महिलाले विशेष दिनको रूपमा लिन्छन् ।
ब्रतालु महिला एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्ने चलन छ । ‘ठूली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ती स्थापना गरेर ब्रतालुले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्छन् ।
गौराको मुख्यदिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीका दिन महिलाले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्ने चलन छ । गौराको समयमा विभिन्न ऐतिहासिक ठाडो खेल, ढुस्को, धमारी, चैत खेल्ने गरिन्छ । गौरा पर्व मनाउन परदेशीहरु पनि घर आउने गर्छन् ।








प्रतिक्रिया