१९ वर्षमुनिको एसिया कपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौं, ७ कात्तिक । नेपाल क्रिकेट संघ (क्यान) ले १९ वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको तयारीका लागि २८ खेलाडी सम्मिलित प्रारम्भिक टोली घोषणा गरेको छ।

क्यानले शनिबार सार्वजनिक गरेको प्रारम्भिक टोलीमा निरज यादव, निश्चल क्षेत्री, आशिष लुहार, नितेश पटेल, चन्दन राम, वंश क्षेत्री, सुशील रावल, शुभम खनाल, अभय यादव, सचिन भट्ट, सूर्यांशु कोइराला, परिमार्जन यादव, प्रसिद्ध जैसी र शिवांश बजगाईं छन्।

त्यस्तै, दर्शन सोनार, विपिन शर्मा, सुगम बुढाथोकी, आशिक बैठा, जोय थापा, सोहेल कुँवर, रौनक श्रीवास्तव, रोहित चन्द, सौजन घिमिरे, क्रितिक कामत, भूपाल डंगोल, राहुल हक, दीपक सेमेला र रोशन शाही पनि प्रारम्भिक टोलीमा परेका छन्।

टोलीको बन्द प्रशिक्षण आइतबारदेखि पोखरामा सुरु हुनेछ। बन्द प्रशिक्षणमा खेलाडीले गर्ने प्रदर्शनका आधारमा एसिया कपका लागि अन्तिम टोली छनोट गरिने क्यानले जनाएको छ।

प्रकाशित मिति: ७ कार्तिक २०८३, शनिबार  १४ : ४०  बजे