प्रधानमन्त्री बालेन अमेरिका प्रस्थान

काठमाडौं, ६ असोज । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन मंगलबार साँझ अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको छ ।

उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान गर्नुभएको हो । उहाँले असोज ८ गते अर्थात् सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघको महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

न्युयोर्कमा रहँदा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ ।

प्रधानमन्त्री शाहको प्रतिनिधिमण्डलमा प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार, प्रमुख स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियारलगायत सहभागी हुनुहुन्छ ।

संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय छलफल सेप्टेम्बर २२ देखि २८ सम्म न्युयोर्कमा हुँदैछ ।

प्रधानमन्त्री शाह महासभामा सहभागी भएर असोज १० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  १९ : ४०  बजे