गृहमन्त्री गुरुङ बिरामी, ट्रमा सेन्टर लगियो

काठमाडौं, ६ असोज । गृहमन्त्री सुधन गुरुङ बिरामी पर्नुभएको छ ।

छातीमा समस्या देखिएपछि उहाँलाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको हो । उहाँ मंगलबार स्वास्थ्य जाँचका लागि अस्पताल पुग्नुभएको थियो ।

उहाँको स्वास्थ्य अवस्थाबारे थप विवरण सार्वजनिक गरिएको छैन ।

प्रकाशित मिति: ६ आश्विन २०८३, मंगलबार  १२ : ४८  बजे